Wednesday, September 4, 2013

मेरी आमा

तिनै त हुन् मेरी आमा
गोरी गोरी सानो कदकी मेरी आमा
मलाइ यो संसारमा ल्याइदिने 
मेरा हरेक इच्छा पुर्‍याइदिने
मेरो आँशु पुछिदिने
हाँसोमा हाँसो अनि आँशुमा आँशु मुछिदिने
मेरी आमा, महान् आमा
 संसारकै सबैभन्दा सुन्दरी आमा
सबैले भन्दा धेरै माया बर्साउने आमा

तिनै त हुन् नी मेरी आमा
आमा नहुँदिहुन् त के हुन्थ्यो होला ?
के मैले यो संसार हेर्न पाउथें होला ?
अनि आजको यो दिन मसँग हुन्थ्यो होला ?
अनि यो जुनी 
सब माटो मुनी
यो रहर
यो शहर
रमाइला यी क्षणहरु
आँशु हाँसोका मिश्रणहरु

कल्पनामा पनि म हुँदैनथे
 न यो बाटो हुन्थ्यो 
न त यो माटो हुन्थ्यो
न तिमी हुन्थ्यौ
न त यो श्रृष्टी हुन्थ्यो
यी सबको लागि सर्वोत्कृष्ट श्रेय पाउने 
तीनै त हुन् मेरी आमा
तिमी नभए म हुन्नथें
म नभए केहि हुन्नथ्यो 

त्यसैले त भन्छु नि म तिमी महान् आमा
मेरी आमा, सगरमाथा भन्दा अग्लो बिचार भएकी
संसार भन्दा विशाल हृदय भएकी
दु:खमा नडगमाउने, सुखमा नमगमगाउने
एक मात्र मेरी आमा 
तिनै त हुन् मेरी आमा । 

2 comments:

  1. आमा को ममतालाई कुनै शब्द ले बर्णन गर्न त सकिन्न, तर पनि सानो प्रयास गर्नु भएको रहेछ, सरल शब्द अनि राम्रो संग ले शब्दहरुको संयोजन मा एक उत्कृष्ट रचना निस्केछ, पढ्ने सौभाग्य पाइयो, तपाई लाई धन्यबाद

    ReplyDelete
  2. धन्यवाद यहाँका प्रेरणात्मक शब्दहरुका लागि ।

    ReplyDelete