Thursday, September 5, 2013

दिनचर्या


बिहान उठेदेखिबाट शुरु हुन्छ उसको दिनचर्या
कुनै  नयाँपन छैन, कुनै उत्साह छैन
अविरल बगिरहने शान्त मुद्राको नदि जस्तो
अनि एकतमासले आकाशमा टल्किरहने तारा जस्तो
टन्टलापुर घाम होस वा मुसलधारे वर्षा 
पानीले लुछुप्पै पारोस वा पारोस् घामले पसिनाका धर्षा
बिहानैदेखि शुरु हुने उसको दिनचर्या झमक्क साँझ परुञ्जेल चल्छ
त्यही सडक छेउको पेटी, एउटा कचौरा अनि मैला लुगामा उसको दिन ढल्छ


दिनभरी मागेको पैसाले उसले के गर्छ होला
उसका परिवारमा को को छन् होला
खाना के खान्छ होला
यस्ता प्रश्नले मलाइ दैनिक घच्घच्याउँछन् 
 यस्तै यस्तै प्रश्नहरुले दिनैभरी पछ्याउँछन्
म दैनिक नियाल्छु उसको दैनिकी
किनकी उसको जस्तो मेरो पनि छ एउटा दैनिकी


त्यो सडक छेउको वृद्ध अनि म 
उ दिनभर भिख माग्छ, म पनि एक हिसबाले भिखै माग्छु
 मेहेनत त उसले नि गरेकै छ नि
त्यो चर्को घाम त उसले खाएकै छ नि 
उसको त्यो दु:ख सबैले नियाल्छ
तर मेरो दु:ख कसले नियाल्छ ?



उसले आत्मसन्तुष्टी नपाए नी सहानुभुति त पाउँछ 
तर मैले दुवै पाउँदिन
दिनचर्या सबको फरक फरक छ
तर सङ्घर्ष त एउटै होला
लक्ष्य त एउटै होला
जसरी नी लाज ढाक्नु र यो पेट भर्नु त छ
जतिसुकै कमावोस एक दिन मर्नु त छ 
मान्छे पिच्छे फरक छ दिनचर्या
अनि ठाउँ पिच्छे फरक छ दिनचर्या
तर पनि विवश छ मान्छे
र त टार्दैन कहिले त्यो निरन्तर दिनचर्या
त्यो निरन्तर दिनचर्या !!




2 comments: