Monday, September 2, 2013

अस्थीर मन, अनि अन्यौल यात्रा ...............

 न कसैको वशमा हुन्छ, न कसैले चाहेर यसलाइ बदल्न नै सक्छ । यो मन भन्ने चीज के हो मैले बुझ्नै सकेकी छैन । थुप्रै दिन भो यो मन अस्थीर भएको, न घरमा यो रमाउँछ न त कार्यालयमा न त अन्य कुनै स्थानमा । कहाँ गएर यसको औषधी हुन्छ, भन्ने पत्तो लगाउन सकेकी छैन । मनले चाहेका कुरा नपाउँदा, सजाएका सपना भताभुङ्ग हुँदा, भविष्यको टुङ्गो नदेखिंदा, दैनिक क्रियामा सन्तुलत नहुँदा वा जीवनदेखि विरक्त लाग्न थालेपछि यस्तो हुन्छ वा किन हुन्छ त्यो पनि पत्तो पाउन सकेकी छैन ।
खै किन हो किन पटक्कै चाल पाउन सकेकी छैन । तर पनि आफ्नो जिन्दगीको अन्यौल यात्रालाइ जसोतसो अघि बढाइरहेकी नै छु । न त कुनै चौतारीमा बसेर सुस्ताउन पाएकी छु, न त्यो चौतारीमा बसेर कुनै सहपाठीसँग मीठा गफ गर्न चाहेकी नै छु । म आफ्नै मनदेखि अनभिज्ञ छु आखिर के चाहिरहेको छ यो मनले । कहिं आफुले चाहेजस्तो वातावरण नपाएर हो त? आफैंलाइ प्रतिप्रश्न गर्न मन लाग्छ तर जवाफ आफैंसँग छैन । यो अन्यौल यात्रा कहाँ पुगेर टुङ्गीन्छ ।

चाहेको सबै पुग्नै भए त मनुष्य जीवनमा असन्तुष्टी, अभाव अनि लोभ, माया मोह भन्ने शब्दै हुदैनथ्यो होला ।

......................................... continue ...............

1 comment:

  1. चाहेको सबै पुग्नै भए त मनुष्य जीवनमा असन्तुष्टी, अभाव अनि लोभ, माया मोह भन्ने शब्दै हुदैनथ्यो होला ।

    यो भनाइ धेरै मन छुने खाल को छ है अनि यथार्थ र अर्थपुर्ण पनि छ

    ReplyDelete